महिला आर्थिक रुपमा सक्षम भए समाज नै सक्षम हुने बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । रत्नेचौर महिला बचत तथा ऋण सहकारी संस्थाको ६ औ बार्षिक साधारणसभाको उद्घाटन गदैं नेपाल बचत तथा ऋण सहकारी सस्थाका केन्द्रिय सदस्य चण्डी प्रसाद शर्माले आर्थिक सशक्तिकरणले मात्र महिलाको जीवनमा परिवर्तन आउने भन्दै महिलालाई आर्थिक रुपमा शसक्त हुन सहकारीले भुमिका खेल्ने बताए ।

उनले सहकारीमार्फत उत्पादनमुखी क्षेत्रमा महिलालाई लगानी गर्न सकेमा परिवारमा पुरुष सरहको हैसियत हुने बताए ।
सोही अवसरमा वडा अध्यक्ष टेकबहादुर रावलले वडामार्फत महिलालाई आर्थिक रुपमा सबल बनाउन आफ्नो निरन्तर प्रयास भइरहेको बताए । उनले सहरबजार जस्तै ग्रामिण क्षेत्रका महिला समेत आर्थिक रुपमा आत्मनिर्भर हुने अवस्थालाई सदुपयोग गर्न समेत अनुरोध गरे ।

उनले सीपमूलक तालिम सिकाएर गाउँमै आत्भनिर्भर हुने कृषि, पशुपालन लगाएतका क्षेत्रमा वडामार्फत बजेट समेत विनियोजन भइरहेको बताए । साधारणसभामा उपाध्यक्ष सरिता शर्माको स्वागत, लेखा प्रतिवेदन सहसचिव सुलोचना केसीले प्रस्तुत गरेको कार्यक्रममा सहकारीकी अध्यक्ष कल्पना थापाले अध्यक्षता र सञ्चालन सचिव सुनिता बोगटीले गरेकी थिईन् ।

कार्यक्रमको सन्चालन सस्थाकी सचीव सुनिता बोगटी महत,स्वागत मन्तव्य उपाध्यक्ष सरिता शर्मा , लेखा प्रतिबेदन सहसचिव सुलोचना केसीद्वारा पेस गरिएको थियो भने कार्यक्रम सस्थाकी अध्यक्ष कल्पना थापा को सभापतित्वमा सन्चालन भएको थियो । सोही अवसरमा गतबर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्र रोहित बोगटी र छात्रा रिया रावललाई सम्मान गरिएको थियो । प्लान नेपालको सहयोगमा स्थापना भएको सहकारीमा ४५० सेयर सदस्य आवद्ध छन् ।

विज्ञापन