नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा बलराम सापकोटा उर्फ ‘बले’सहित २५ जना जुवाडे पक्राउ परेका छन्। महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका उनीहरूबाट दुई करोड ६७ लाख रूपैयाँसमेत बरामद भएको छ।

त्यसैगरी प्रहरीले उनीहरूको साथबाट ३ लाख बराबरको चेक पनि बरामद गरेको छ।उनीहरूलाई शनिबार राति १ बजेको समयमा सम्बाला होटलपछाडि रहेको बिक्रम गौतमको घरबाट पक्राउ गरिएको हो।पक्राउ पर्नेमा निम्न व्यक्तिहरू रहेका छन्। source:setopati.com

Leave a Reply