विद्यालयको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा आवश्यक खर्च जुटाउन बेनी सामुदायिक माविले देउसीभैलो सञ्चालन गरेको छ । शैक्षिक क्षेत्रमा जिल्लामै अब्बल रहेको विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुद र सांस्कृतिक गतिविधि सञ्चालनमा आवश्यक बजेटको अभाव भएपछि विद्यार्थीको सक्रियतामा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको विद्यालयले जनाएको छ ।

विद्यालयको सेवाक्षेत्र अन्तरगत बेनपा ६, बेनीबजार लगाएत आसपासका क्षेत्रमा देउसीभैलो सञ्चालन गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । उनका अनुसार संकलन भएको रकमलाई खेलकुद र सांस्कृतिक कार्यक्रम अन्तरगत अक्षयकोष स्थापना गरिने बताए । देउसीभैलोमा विद्यार्थीले आफ्ना कला र संस्कृतिको जर्गेनालाई समेत प्राथमिकता दिएको विद्यालयले जनाएको छ ।

आइतबारसम्म सञ्चालन हुने देउसीभैलोबाट करिव ७ लाख संकलन गर्ने लक्ष्य रहेको विद्यालयका शिक्षक सचिन शाक्यले बताए । उनका अनुसार विद्यालयले खेलकुदमा जिल्लामै नमुना बनाउने प्रयासलाई देउसीभैलोले सहज हुने बताए । विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिदैं स्पोर्ट्स क्लव गठन समेत गरेको छ । विजय छिनालको संयोजकमा स्पोट्स रसांस्कृतिक गतिविधिलाई समेत तिब्रता दिन सुस्मिता किसानको संयोजकत्वमा सांस्कृतिक क्लव गठन गरेको छ ।

विज्ञापन