प्रहरीले काठमाडौंको महाराजगञ्जबाट शनिबार राति २ करोड ६७ लाख रुपैयाँसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुमा उच्च पदस्थ, ठेकेदार र व्यापारीहरु रहेका छन्।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका जुवाडेहरुमा क्यासिनो किङका रुपमा परिचित बले भनिने बलराम सापकोटा, शोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल र सोदेल कार्की रहेका छन्।

विज्ञापन