रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेका मृगौला पिडित पृथबहादुर छन्त्यालाई १२ लाख ४१ हजार ९ सय ६० रुपौयाँ आर्थीक सहयोग प्राप्त भएकाे छ ।

हाल काठमाडौँमा बसोबास गदै आएका ४६ बर्षका छन्त्यालको विगत १ बर्ष देखी मृगौलामा समस्या आएपछी अमेरीकामा रहेका छन्त्याल परिवारका याम छन्त्याल, मन प्रसाद छन्त्याल, राम भलन्जा छन्त्यालको संयुक्त पहलमा ७ लाख ६३ हजार ९ सय ६० रुपैयाँ, बेलायतमा रहका छन्त्याल परिवारका तम बहादुर छन्त्याल, शेरबहादुर छन्त्याल र भिम प्रसाद छन्त्यालको पहलमा ४ लाख २४ हजार रुपैयाँ मनमायाँ छन्त्यालले पिडित छन्त्यालाई टेलिभिजन कार्यक्रम इन्द्रेणीमा हस्तातरण गरिएको छ ।

त्यस्तै सहयोग हस्तातरण कार्यक्रममा मृगौला पिडित छन्त्यालको आफन्तहरु गमान छन्त्याल, चित्रमान छन्त्याल, इन्द्रजित छन्त्याल, खड्कबहादुर छन्त्याल, भिम बहादुर छन्त्यालले ५४ हजार सहयोग गर्नुभएको छ। छन्त्यालको उपचारमा बढी खर्च लाग्ने भएपछी सबैलाई सहयोगको लागी परिवारले आग्रह गरेको छ ।