म्याग्दीको बेनी नगरपालिका ९ कोसेपानीमा एकसाता अघि आएको पहिरोले खानेपानीको ट्याङ्की पुरेपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । ६ महिना अघि करिब ५ लाखको लागतमा निर्माण गरिएको खानेपानीको ट्याङ्कीमा राम्रोसंग पानी आपूर्ति नहँदै पहिरोले पुरेपछि स्थानीय साँभ विहान एक गाग्री पानीका लागि टाढाटाढा सम्म धाउन वाध्य भएका छन् ।

स्थानीय केशव चोखालले दिएको जानकारी अनुसार ट्याङ्की पहिरोले पुरेपछि गाउकाँ करिब ३० घर परिवारलाई समस्या परेको छ । स्थानीयहरु खोला तथा कुवाको पानी पिउन बाध्य छन् ।गाउँ नजिकै पानीको कुनै स्रोत नहुँदा टाढाबाट ल्याइएको पानी ट्याङ्कीमा जम्मा गरेर खानु पर्ने अवस्थामा ट्याङ्की नै पहिरोले पुरिदिएपछि समस्या भएको स्थानीयको भनाइ रहेको छ ।

विज्ञापन