जिल्ला प्रहरी कार्यालय तनहुँले ४२ वर्षीया अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई नियन्त्रणमा लिएको छ । भिमाद नगरपालिका-९ पाइमीका १९ बर्षीय शंकर परियारलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । शुक्रबार घरमा बसिरहेकी अवस्थामा परियारले ती महिलालाई जबरजस्ती करणी गरेको तनहुँ प्रहरीले जनाएको छ । महिला जन्मजात नै अशक्त रहेकी थिइन ।

प्रहरीको अनुसार किशोरले मादकपदार्थ सेवन गरी जबरजस्ती करणी गरेको जनाइएको छ । पीडित महिलालाई शुक्रबार दमौली अस्पतालमा उपचार पश्चात् शनिबार डिस्चार्ज गरिएको छ।जबरजस्ती करणीको आरोप लागेका परियार प्रहरीले हिरासतमा लिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Source: News24nepal.tv