विद्युत सर्ट भई आगलागी हुँदा म्याग्दीको बेनी नगरपालिका वडा नं ५ डडुवामा ५ लाखभन्दा बढीको क्षती भएको छ । डडुवाका गिरीराज उपाध्यायको घरमा सोमबार दिउँसो विद्युत सर्ट भई आगलागीबाट लत्ताकपडा, धातुका भाँडाकुँडा लगाएतका घरायसी साम्रागी जलेर नष्ट भएको छ । आगलागीबाट दुईतले ढुंगाको घरमा प्रयोग गरिएका काठका साम्रागीहरु समेत काम नलाग्ने अवस्थामा रहेको उपाध्यायले बेनीअनलाइनलाई बताए ।

‘तिहारको रमाईलोमा थियौ. एक्कासी विद्युत सर्ट भएपछि आगलागी भयो’ उनले भने । आगलागीको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का गरेको थियो । आगलागीबाट करिब ५ लाख ७० हजार नोक्सानी भएको अनुमान प्रहरीले गरेको छ । आगलागी हुनासाथ उपाध्यायका परिवार र स्थानीयबासीले आगो निभाएका थिए । यता प्रहरीले तिहारमा आगलागीको जोखिम हुने भएकाले सर्तकता अपानाउन अनुरोध गरेको छ ।