म्याग्दी समाज न्यूयोर्क यूएसएले नेपालीको दोस्रो ठुलो पर्व तिहारको अवसरमा संस्थागत तथा सामाजिक अभियानमा सहयो गर्ने उदेश्यले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट ५ हजार २९५ डलर अर्थात नेपाली रुपैयाँ करिब ६ लाख संकलन भएको छ ।
न्यूर्योकमा रहेका म्याग्देलीहरुको साझा संस्था समाजले देउसीभैलो तथा सम्मान कार्यक्रमको उद्घाटन गदै. समाजका अध्यक्ष भविन्द्र शेरपुञ्जाले प्रमुख चाडपर्वमा जन्मभुमीमा आउन नपाएको अवस्थामा कर्मभूमीमै कार्यक्रम गरेर सहकार्यलाई थप बलियो बनाउने प्रयास गरिएको बताए ।
उनले समाजमार्फत म्याग्दी जिल्लामा शिक्षा, स्वास्थ्य, बाढीपहिरो पीडित सहित विभिन्न गतिविधिमा सहयोग गरिएको बताए। देउसीभैलो कार्यक्रममा स्थापित कलाकारमार्फत नृत्य सहित विभिन्न सांगितिक कार्यक्रम सञ्चालन गरिएको कार्यसमिति सदस्य बहादुर पाईजाले बताए ।
देउसीभैलो, नेपाली गीतसंगितमा न्यूर्योकमा रहेका म्याग्देली सहित नेपालीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता समाजका उपाध्यक्ष रमेश शेरचन, स्वागत उपाध्यक्ष कला केसी र सञ्चालन सचिव याम पुनले गरेका थिए ।देउसीभैलो तथा भेटघाट कार्यक्रमकै अवसरमा संस्थागत गतिविधिमा आर्थिक सहयोग गर्ने चन्दादातालाई सम्मान गरिएको थियो । देउसीभैलोमा संकलन भएको आर्थिकलाई सामाजिक कार्यमा सहयोग गर्ने जनाएको छ ।