म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ कस्केरीमा एक घर जलेर नष्ट भएको छ । एक्कासी आगलागी भएपछि आगो निभाउन प्रर्याप्त स्रोतसाधन नहुदाँ पूर्ण रुपमा जलेर नष्ट भएको यामनाथ पौडेलले बताए । उनका अनुसार घरमा भिमबहादुर थापा बस्दै आएका थिए । आगलागी लगत्तै पशुचौपायालाई भने जोखिम मोलेर बचाउन सफल भएपनि घरभित्र रहेका पैसा, लत्ताकपडा, अन्नबाली नष्ट भएको छ ।

आगलागीको विद्युत सर्ट वा कारण पहिचान हुन सकेको छैन् । घर जलेपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीयको भनाई छ । आगलागी एकतले घर जलेर नष्ट भएपछि घर सहित करिव ५ लाखको हाराहारीमा क्षती भएको अनुमान गरिएको छ। आगलागीको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का गरेको थियो ।

विज्ञापन