d+unaf/ l;;fkfªdfsf] lzv/df kfOnf /fVb} * xhf/ ld6/ eGbf cUnf !$ lxdfnsf] cf/f]x0f ;ft dlxgfd} k"/f ub}{ sLlt{dfg agfPsf kl5 a'waf/ sf7df08f}+ kmls{Psf kj{tf/f]xL lgd{n k'hf{ . tl:a/ bLk]g ]i7

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्वलाई चकित पारेका निर्मल पूर्जालाई बुधबार काठमाण्डौमा भब्य सम्मान गरिएको छ । मंगलबार बिहान चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरे छोटो समयमा विश्वका सबै १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहणको किर्तिमानी कायम गरेका आरोही पूर्जा सहितको टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

पुर्जा सात महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ दाना स्थायी घर भएका भुपु व्रिटिस सेना ३६ वर्षीय निर्मल पूर्जाको चर्चा विश्वभर छ। उनका बारेमा विश्वभरका संचारमाध्यमले समेत प्राथमिकता साथ स्थान दिएका छन् ।पूर्जाले अन्नपूर्ण हिमालबाट एप्रिल २३ तारिक (बैशाख १०) बाट आरोहण सुरु गरेका थिए ।

आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका थिए।उनले आठ वर्ष लगाएर सन् १९८७ पोल्यान्डका जेर्जी कुकुक्जाको नाममा रहेको कीर्तिमानलाई सात महिनामै तोडेका थिए । पूर्जाको प्रोजेक्ट पोसीबल’ परियोजना नाम दिइएको थियो ।

पूर्जाको सम्मानमा कार्यक्रम समेत तय भएको छ । यसैबीच पूजौको टोलीलाई बेनी नगरपालिका–८ शिक्षामार्ग घर भएका अल्टिच्यूट एयरका क्याप्टेन सोवित गौचनले रसुवाको स्याब्रुबेसीबाट हेलिकप्टरमा काठमाण्डौ ल्याएका थिए । नेपाली भूमिका आएपछि पहिलोपटक क्याप्टेन गौचनले आरोही पूर्जा सहितको टोली सहभागी भएको तस्वीर सार्वजनिक गरेका थिए।

विज्ञापन