कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु भएको छ। कृष्णनगरमा प्रहरीको गोली लागेर  सुरजकुमार पाण्डेको मृत्यु भएको हो। हिन्दू र मुस्लिम समूदायबीच भएको झडपले सो स्थान तनावग्रस्त बनेको छ। झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका युवा पाण्डेको मृत्यु भएको स्थानीयले बताएका छन् । लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच बुधबार राति नै तनावको स्थिति सिर्जना भएको थियो ।

प्रहरीले भने गोली लागेर मृत्यु भएको विषयलाई अस्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको बताए। स्थितिलाई नियन्त्रणमा लिन भनेर स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो । लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए। तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

सो क्षेत्र भित्र हिडडुल गर्न जम्मा हुन प्रतिबन्ध लगाईएको छ। गत बर्ष दशैका बेला पनि दुर्गा मुर्ति बिर्सजनकाक्रममा हिन्दु र मुस्लिम समुदाय बिच झडप हुदा कफुर्य लगाईएको थियो। गएको दशैका बेला मुर्ति बिर्सजनकाक्रमा भारत र नेपालका सुरक्षाकर्मी र स्थानीय अगुवा बिच छलफल गरिएकाले कुर्नै अप्रीय घटना भएन। तर तिहारमा भने सुरक्षाकर्र्मीले सुरक्षा बारे त्यति चासो दिएको थिएन। जसले गर्दा लक्ष्मी मुर्र्ति बिर्सजनमा फेरी घटना दोहरीएको हो।