के तपाईंका छोराछोरीहरू अनावश्यक मोबाइल गेममा अल्झिरहेका छन ?  मोवाइलको प्रयोग गरी घण्टौ अल्झिने गरेका छन् भने आगामी शनिबार बालबालिकालाई मोबाइलको प्रयोग बिनाको गेममा स्थानान्तर गर्न ओरियन्टेसन क्लास सञ्चालन गरिने भएको छ ।

बेनीको माउण्ट एभरेष्ट आवासीय माविले बालबालिकालाई मोवाइलको प्रयोगबाट मुक्त गराउन विषयगत ज्ञानमा आर्कषित गर्ने गरी बालबालिकाको सहभागितामा कार्यक्रम गर्न लागिएको विद्यालयका शिक्षा निर्देशक राजु केसीले बताए । ‘अब हामीले बालबालिकालाई मोबाइल प्रति नै घृणा हुने गरी प्रशिक्षण दिदैछौ,‘एउटा प्रयासको सुरुवात भएको छ’ केसीले भने । बालबालिकालाई विषयगत ज्ञानको खोजीमा रुची जगाउन मोबाइल बाधक बनिरहेको उनको भनाई छ ।

प्रशिक्षणमा आशिष पौडेलले बालबालिकालाई मोबाइलको प्रयोगलाई निरुत्साहित हुने गरी शिक्षा दिने तथा प्रयोगप्रतिको रुची ह्वात्तै घटाउने अपेक्षा गरिएको छ । बालबालिकामा मोवाइलको प्रयोगले मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या समेत देखिन थालेका विभिन्न खोजले देखाएको छ । मोबाइल गेममा बच्चाहरू लिप्त हुँदा पठनपाठन नै प्रभावित हुनुका साथैसर्वाधिक खेलिने पब्जी गेमले बालबालिका हिंस्रक र आक्रामक हुने थालेको अवस्थामा प्रशिक्षक उपयोगी हुने अपेक्षा गरिएको छ ।