अमेरिकी पत्रिका वासिङ्टन पोष्टले उद्धृत गर्दै लेखेको छ, ‘पोल्यान्डका जेर्जी कुकुक्जाले झन्डै ८ बर्ष लगाएर बनाएको किर्तिमानी पूर्जालाई पुरा गर्न सात महिना पनि लागेन’ । कुकुक्जाले ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्न ७ बर्ष ११ महिना १४ दिन लगाएका थिए ।

त्यसलाई इटालीका ’रिइनहोल्ड मेसनरले तोडे ।दक्षिण एसियाकै चर्चित पर्वतारोही दक्षिण कोरियाका किम चङ हो ले जेर्जी कुकुक्जाकाले बनाएको अर्को किर्तिमानीलाई तोडे तर अतिरिक्त अक्सिनजनको प्रयोग गरे।  जेर्जी कुकुक्जाको आरोहणकै क्रममा सन् १०८९ मा मृत्यु भयो भने दक्षिण कोरियाली आरोहीको गतबर्षको अक्टुवरमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गूर्जा हिमाल आरोहणको क्रममा आधार शिविरमा हिमपहिरोले ज्यान गयो ।

वासिङ्टन पोष्टले निकै प्राथमिकता दिएर लेखेको समाचारमा विश्वका १४ वटा ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहणको किर्तिमानी कायम गरेका म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं ४ दाना जन्म घर भएका निर्मल पूर्जाको ब्यापक चर्चा गरिएको छ ।

वासिङ्टन पोष्टले मात्रै नभई विश्वभरका छापा, अनलाइन तथा टेलिभिजनमा पूर्जा छाएका छन् । मंगलबार बिहान चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेर फर्किएपछि पूर्जालाई काठमाण्डौमा भब्य स्वागत गरिएको छ ।

विश्वलाई चचित पार्ने गरी पूर्जाले आरोहण गरेका हिमालको सूची सहित दुर्भल किर्तिमानी कायम गरेका पूर्जाको समाचारले अन्तराष्ट्रिय मिडिया नै छाएको छ । हिमालै हिमालको देश नेपालका पर्वतारोहीले विदेशीको किर्तिमानीलाई छोटो समयमै तोडेपछि नेपालभित्र सामाजिक सञ्जाल रंगिएको अवस्थामा विश्वभरका सञ्चारमाध्यमले समेत निकै प्राथमिकताका साथ स्थान दिएका छन् ।

नेपाल भ्रमण बर्ष २०२०को पुर्वसन्ध्यामा पर्वतारोहमा नयाँ किर्तिमानीले नेपालको पर्यटन प्रर्बधनमा समेत ठूलो सहयोग पुग्ने अनुमान गरिएको छ । आरोहणका क्रममा सगरमाथ हिमालमा पूर्जाले खिचेको तस्वीरलाई आवरण तस्वीर बनाएर समेत विश्वभर चर्चा गरिएपनि त्यसलाई नेपालको वदमान गर्ने प्रयास गरेको अवस्थामा पूर्जाले नै त्यसबारेमा स्पष्ट पारेका छन् । सगरमाथामा ट्राफिक जाम भन्दै गलत प्रचार फैलिएपछि पूर्जाले दिएको प्रतिक्रियालाई समेत विश्वभरका सञ्चारमाध्यमले स्थान दिएका थिए ।

पूर्जाको विषेश गरी नेपाल र बेलायती सञ्चारमाध्यममा अधिक चर्चा छ । धौलागिरी हिमालको आरोहणमा उनले अतिरिक्त अक्सिजनको सिलिन्डर नै प्रयोग नगरी चुचुरोमा पुगेका पूर्जाले सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका थिए ।

सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका थिए। ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली भएकाले पनि यूकेमा धेरै चर्चा छ । २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका कर्पोरल निर्मल बेसिक टेनिङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए।

२०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् । गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए ।

विज्ञापन