पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुममा जिप दुर्घटना भएको छ । दरबाङबाट रुम तर्फ जादै गरेको जीप रुमको टाक्से भन्ने स्थानमा दुर्घटना भएको थियो । पश्चिम म्याग्दीको ध १ ज ५९५ नम्बरको जीप दुर्घटनामा दुईजनाको अवस्था गम्भीर भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरीको टोली तथा बेनीबाट प्रहरीको एलआरपी र शसस्त्र प्रहरी समेत घटनास्थलतर्फ गएको प्रहरी निरिक्षक धुर्ब शर्माले बेनीअनलाइनलाई जानकारी दिए ।उनका अनुसार खोचमा पर्ने भएकाले घटनास्थलका बारेमा जानकारी भएको छैन् । जीप रुम गाउँतर्फ जादै गरेको थियो ।

जिपमा कम्तिमा १७ जना सवार रहेको बताइएको छ । कच्ची सडक र भिरालो सडकमा दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा मृतक र घाईतेको नाम खुलेको छैन् । प्रहरी सहित स्थानीय समेत उद्धारमा खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

विज्ञापन