साढे ६ वर्ष अगाढी हेटौंडाको मेनरोडकी विन्दवासिनी कंशाकारलाई एसीड छ्याप्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीको सहयोगमा अभियुक्तलाई साढे ६ वर्ष पछी पक्राउ गर्न सफल भएको हो ।२०७० साल बैशाख ९ गते विन्दवासीनीलाई एसीड प्रहार गरी भारतमा लुकेर वसेका दिलीपराज केशरीलाई बारा प्रहरीले आज पक्राउ गरेको हो । बारा प्रहरीले पक्राउ गरे लगतै अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनलाई राखिएको छ ।

यो सााढे ६ वर्षको अवधिमा मकवानपुरमा प्रहरी प्रमुख धेरै फेरीए तर, दिलीपराज केसरीलाई पक्राउ गर्न सकिएको थिएन । नेपाल र भारत ओहोर दोहोर भने उनी गर्दै आएका थिए । तर, आज भने बारामा आएको समयमा प्रहरीले पक्राउ गर्न सफल भएको बारा प्रहरी श्रोतले जनाएको छ । Source: janapatra.com

विज्ञापन