जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङ्मा मन्दिर निर्माणार्थ महायज्ञ आयोजना गरिएको छ । पञ्चदशनाम सन्यास आश्रम दत्तात्रय मन्दिर निर्माणको सहयोगदार्थ आयोजित महायज्ञको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष डमबहादुर पुनले धार्मिक कार्यमार्फत गरिने सामाजिक तथा मानवीय गतिविधिको प्रभाव लामो हुने बताएका थिए ।

उनले धार्मिक कार्यमार्फत गरिएका अभियानको एक रुपैयाँ पनि लक्ष्यभन्दा बाहिर प्रयोग गर्न नहुने समेत बताए । श्रीमद् भागवत महापुराण तथा लक्ष्यहवन र लघुरुद्धा भिषेक विश्वशान्ति ज्ञानमहायज्ञलाई रु ५५ हजार सहयोग समेत गरेका थिए ।

महायज्ञमा वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, विभिन्न राजनीति दलका प्रतिनिधिका साथै विभिन्न क्षेत्रबाट सहभागिता रहेको थियो । महायज्ञको पहिलो दिनमै ३ लाख दान संकलन भएको थियो भने काठमाण्डौ ११ त्रिपुरेश्वर निवासी राजेन्द्रकुमार श्रेष्ठले ५ लाख ५ हजार ५ सय रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् । महायज्ञको अवसरमा पोखरेबगरमा कलसयात्रा गरिएको थियो । महायज्ञ एकसातासम्म सञ्चालन हुने छ । सुरेन गुरूङ