जिल्लामा संघीय सरकारका प्रतिनिधि रहेका सिडिओहरूको कार्यसम्पादन मूल्यांकनमा म्याग्दी जिल्लाले ‘ए’ ग्रेड(८७.८८ प्रतिशत) प्राप्त गरेको छ । गृह मन्त्रालयबाट भएको थियो । मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सग गत वर्ष सम्झौता गरेको थियो ।

म्याग्दीबाट सरुवा भएर गएका लिलाधर अधिकारको कार्यकालमा म्याग्दी जिल्लामा गरिएका कार्यहरुको मुल्याङ्कन गरिएको थियो । तत्कालिन प्रजिअ अधिकारीको कार्यकालमा म्याग्दीका सबै स्थानीय तहमा एक वडा एक हेलिप्याड, हरेक महिनाको पहिलो सोमबार बजार अनुगमन तथा आवश्यकता अनुसार छड्के अनुगमन, कार्यसम्पादनको क्यालेन्डर, घुम्ती सेवा लगाएत समुदाय केन्द्रित कार्यक्रमहरुले समेत प्राथमिकता पाएका थिए ।

 तत्कालिन प्रजिअ लिलाधर अधिकारी

म्याग्दी जिल्लाबाट वडास्तरमा हेलिप्याड निर्माण गर्ने अभियानको अन्य जिल्लाका सिडियोले समेत प्रयो गरेका थिए । माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकनमा शान्तिसुरक्षा तथा अमनचयनमा ४६ नम्बर राखिएको छ । त्यस्तै सुशासन तथा सेवा प्रवाहमा २७, शासकीय सुधार र रूपान्तरणमा ८, विपद् व्यवस्थापनमा १०, समन्वय तथा सहजीकरणमा ५ तथा सदाचार तथा आर्थिक अनुशासनमा ६ नम्बर राखेर मूल्यांकन गरिएको छ । म्याग्दीमा शान्तिसुरक्षा, सुशासन, सेवा प्रवाह, विपद् ब्यवस्थापन, समन्वयमा प्रजिय अधिकारीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

जिल्ला प्रशासनभित्रैबाट सेवाग्राहीलाई सन्तुष्टी दिलाउने गरी पुस्तकालय, स्तनपान कक्ष सहित सेवाग्राहीलाई अनावश्यक झन्झट हुने प्रक्रियालाई समेत तोडेका थिए । यसैबीच म्याग्दीमा घुम्ती सेवाको सुरुवात गदैं तत्कालिन समयमा नेपालमै उत्कृष्ट सिडियोको चर्चा कमाएका सिडिओ रामबहादुर कुरुम्बाङसबैभन्दा धेरै नम्बर ल्याउनेमा परेका छन् । शनिबारको नयाँपत्रिकाले देशैभरीका सिडियोको विवरण सहितको समाचार प्रकाशित गरेको छ ।

विज्ञापन