म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना भएको छ । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४ ७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको बताइएको छ । अन्दाजी ३० जना यात्रु सवार रहेको बसको दुर्घटाका बारेमा थप जानकारी प्राप्त भएको छैन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सहित स्थानीय उद्धारका लागि पुगेका छन् । माथिल्लो घुम्तीबाट तल खसेको प्रारम्भीक जानकारी प्राप्त भएको छ । दुर्घटनामा ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।