प्रकाश पुन/विकास पनि एक महत्वपूर्ण स्रोत तथा आधारशिला हो । सन् २०२० लाई पर्यटन वर्षक ारुपमा मनाउनका लागि पनि पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुहुने व्यक्तिहरु म्याग्दी जिल्लामा जन्मिएका छन् । म्याग्दीमा जन्मथलो बनाईने आफ्नो जिल्लाको नाम राख्न विभिन्न समयमा अग्ला हिमालहरुको आरोहण गर्नु हुने व्रिटीश एक आर्मी अन्नपूर्ण गा.पा. वडा नंं. ३ दानाका निर्मल पुर्जाले हिमाल हिमाल प्रथम ८१६७ मिटर, दोस्रो ७६९२ मिटर, तेश्रो ७५३५ मिटर, चौथो ७६६६ मिटर, पाँचौं ७६१८ मिटर, छैठौं ७२८८ मिटर, गुर्जाको चुरेन हिमाल ७३३५ मिटर, निलगिरी, अन्नपूर्ण हिमाल ८०८१ मिटर, मानापाथी ६३८० मिटर गुर्जा हिमाल ७८९३ जस्ता महत्वपूर्ण हिमशिखरहरु चुम्न सफल हुनु भएको छ। म्याग्दी जिल्ला आफैमा पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण हिमाली जिल्ला हो ।

पर्यटन धार्मिक क्षेत्रहरु पनि त्यत्तिकै दृश्यावलोकन गर्न लायक छन् । सिंगा तातोपानी कुण्ड ९०० मि., तातोपानी भूरुङ १३०० मिटर, पुनहिल ३२०० मिटर, घोडेपानी २८०० मिटर, मालिका धुरी २८०० मिटर, टोड्के धुरी २५०० मिटर, अन्धगल्छी १२०० मिटर, रुप्से छहरा १८०० मिटर, धवलागिरी वेस क्याम्प ३५७५ मिटर, पेरी भारानी ताल २१०० मिटर जस्ता धार्मिक तथा उच्च हरिया पहाडहरु पनि चुम्न सफल हुनु भएको छ ।

गण्डकी प्रदेशका ११ वटा जिल्लाहरु मध्ये सब भन्दा धेरै पर्यटकीय स्थलहरु र हिमाल आरोहण गर्ने आधार शिविरहरु पनि म्याग्दी जिल्लामा पर्ने र निर्मल पुर्जा जस्ता उत्साही नागरिकको जन्म पनि यही जिल्लाको दानामा भएको हुँदा म्याग्देलीहरुको गर्भको कुरा हो ।

म्याग्दीलाई विश्वसामु चिनाउन उहाँको ठूलो योगदान रहेको छ ।यस्तै अन्य नागरिकहरु जो हिमालयका चुचुरामा नेपालको झन्डा फहराउन सफल होउन् यो हाम्रो शुभकामना छ ।बुद्ध सगरमाथा आरोही मिनबहादुर शेरचन पनि म्याग्दी जिल्लाकै थिए,जसले विश्वकृतीमान राखेका थिए । हाल नेपाल सरकारले लिएको अभियान पर्यटन वर्ष २०२० मा २० लाख पर्यटन नेपालमा भित्राउने लक्ष्य लिएको छ। यस लक्ष्यलाई पुरा गर्न यानेकी साकार पनि हामी सबैको महत्वपूर्ण योगदान रहने हून्छ । आन्तरिक एवं बाह्य अन्तर्राष्ट्रिय पर्यटकहरु नेपाल भित्राई आर्थिक सम्बृद्धि हासिल गर्नले हेतुले यो अभियान प्रारम्भ गरिएको हो ।

नेपालका ७७ जिल्लाहरु मध्ये २२९७।०६ वर्ग कि.मी. (२२९७०६ हेक्टर) क्षेत्रफल भएको २७७६२ घर धुरीमा पुरुक्षको जनसंख्या ५१३९५ र महिलाको जनसंख्या ६२२४६ गरी जम्मा ११३६४१ जनसंख्इा भएको म्याग्दी जिलमा धवलागिरी गा.पा., मालिका गा.पा. मंगला गापा, रघुगंगा गा.पा. र अन्नपूर्ण गा.पा. गरी पाँचवटा गाउँपालिकाहरु र बेनी नगरपालिका गरी ६ वटा स्थानीय तहहरु रही म्याग्दीको विकासका हेतुले लागि परेका छन्। पर्यटकीय दृष्टिकोणले हरेक गाउँपालिका छुट्टाछुट्टै विशेषताहरु छन् । हिमाल सफल आरोहीहरुलाई सफल यात्राको शुभकामना दिन चाहन्छु ।

उहाँको यो सफलता नै म्याग्देलीहरुको सफलता हो । म्याग्दी जिल्लाबासीलाई यो सफलताले उत्साहित बनाएको छ। सँगै म्याग्दीको हिमालहरुमो समेत प्रचारप्रसार भएको छ । विश्व किर्तिमानी कायम गर्ने निर्मल पूर्जाको अटल शाहस र लगनशीलताको उच्च कदर गर्दै मुक्त कण्ठले प्रसंशा गर्दछु । उहाँको यो अथक प्रेरणाले अन्य नेपाली नागरिकहरुलाई पनि उत्प्रेरणा मिल्दै जाओस् । सन् २०२० मा म्याग्दी जिल्ला हुँदै भ्रमण गर्नुपर्ने अनेकौं पर्यटनस्थलहरुमा आधारिक पर्यटकहरुको घुईचो लाग्नेछ । विभिन्न स्थलहरुमा होमस्टे (घरवास) को प्रबन्ध, सुरक्षा, सरसफाईका साथै गन्तव्यको बारेमा जानकार टुरिष्ट गाई र कुक, पम्प्लेट जस्ता सूचना र सञ्चारका सामग्रीहरुको पर्याप्तता धेरै हिमाल आरोहण गर्ने व्यक्तिका सफलताको कथाहरु र प्रकाशन गरी वितरण गर्नु पर्ने हुन्छ ।

जसले पर्यटकहरुले सहज र सरल तरिकाले पर्यटकीय क्षेत्रहरुमा भ्रमण गर्न सफल होउन । म्याग्दी नेपालको मध्यपश्चिमी हिमाली जिल्ला जस्को पूर्वमा कास्की र पर्वत, पश्चिममा बागलुङ, डोल्पा र रुकुम, उत्तरमा हिमाल पारीको जिल्ला मुस्ताङ तथा दक्षिणमा बाग्लुङद्वारा परिवेष्ठित छ । मूलद्वारको रुपमा बेनीबजार रहेको छ । जुन जिल्लाको सदरमुकाम हो ।

यहाँबाट उत्तरपश्चिम मुक्तिनाथ, उपल्लो मुस्ताङ कोरला गेट हुँदै तिब्बतका स्वसासित क्षेत्रसम्म पुग्न सकिन्छ भने पश्चिम मुदीबाट ५–७ वटा हिमालका आधारशिविरमा पुग्न सकिन्छ । उत्तरी दिशातर्फ बेनी हुलाकचोक देखि अर्थुङ्गे गाउँ हुँदै राममन्दिर, पौलत्स्य, जगन्नाथ, टोड्के पिक हुँदै मालिका पिकसम्म पैद्यल यात्रा (३दिन) गरेर पुग्न सकिन्छ । निर्मल पूर्जामार्फत म्याग्दीको पर्यटनको प्रचारप्रसार गर्दा विश्वभरका पर्यटकलाई आर्कषित गर्न सकिने भएकाले पनि म्याग्दी जिल्लाले पूर्जालाई पर्यटन क्षेत्रको दुत बनाएर विश्वभर प्रचारप्रसार गर्नुपर्छ । निर्मल पुर्जा म्याग्दी वासी भएको र उहाँको अझ हिमाल आरोहणको शुभकामना । लेखक मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष एवम् म्याग्दी विकास मञ्चका अध्यक्ष हुन् ।

Leave a Reply