बाबुराम पौडेल/विश्वका ८ हजार मिटर अग्ला सबै हिमालको आरोहण गरेको खवर सुनेपछि निर्मल पूर्जाको जन्मगाउँ दानामा खुसीयाली छाएको छ । विश्वकै सुन्दर रुप्से झरना र विश्वकै गहिरो अन्धगल्छी भनेर चिनने म्याग्दीको दाना गाउँमा २०४० मा भारतीय सेनामा कार्यरत बाबु नन्द बहादुर पुर्जा र आमा तत्कालिन दाना गाउँ पन्चायतकी महिला संघकी अध्यक्ष पुर्णकुमारी पुर्जाको कोखबाट जन्मिएका पूर्जाले विश्वमै चिनिने गरी किर्तिमानी कायम गरेपछि खुसीयाली छाएको हो ।

‘दाना गााउँ पनि विश्वसँग जोडिएको छ,‘निर्मलको भब्य स्वागत सहित सम्मान गर्नेछौ’ ज्ञानप्रकाश माविका ब्यवस्थापन समिति अध्यक्ष लेप्टन बेल बहादुर पुर्जाले भने । उनले नेपाल सहित विभिन्न देशमा रहेका हिमालको आरोहण गरी नयाँ किर्तिमानीले दानालाई समेत चिनाएको बताउँदै आफ्नै गाउँमा जन्मिएको छोराको विश्व किर्तिमानीले गाउँलेलाई उत्साहित बनाएको बताए ।

‘संसारकै गहिरो गल्छी भएको ठाउँमा जन्मिएको छोराले संसारकै अग्ला हिमालको आरोहणको किर्तिमानी कायम गरे’ उनले भने । उनका अनुसार पूर्जा जन्मिएको घर जिर्ण भएपनि उनको आवतजावत सहित पूर्जा परिवारको गाउँमा ठूलो योगदान रहेको बताए । पुर्जाको किर्तिमानिले यस गाउँ अव निर्मलको जन्म गाउँ भनेर विश्वसँग नयाँ नाता जोडिएको छ ।

यो दाना गाउँ म्याग्दी जिल्ला र सिङ्गो नेपालको लागि सौभाग्यको विषय बनेकोे उनको भनाई छ । छँदा खाँदाको बेलायति सेनाको विशेष फोर्स अन्तर्गतको जागिर छाडेर हिमाल आरोहणको यात्रामा अपूर्व सफलता हाँसिल गर्ने दाना गाउँको होनाहार ठिटो ले आफ्नो जन्मठाउँ र नेपाललाई नै विश्वभर चिनाएकोसमाजसेवी पुर्व भारतिय सेनाका सुवेदार चुक बहादुर पुनले बताए । ‘हुने विरुवाको चिल्लो पात झै बालक हुँदानै निर्मल साहसिक कार्य गर्न निकै अघि सर्दथे,‘उनका गतिविधिलाई नजिकबाट हेर्ने अवसर पाएको छु’ पुनले भने ।

पूर्व प्राथमिक तहको शिक्षा स्थानीय ज्ञान प्रकाश माध्यमिक विद्यालयबाट लिएका हुन् । बाल्यकालमा निडरताका साथ अग्लो रुखमा प्रतिसपर्धाका गर्ने गरेको गाउँका अर्का समाजसेवी ६५ बर्षिय मन बहादुर पाइजाले बताए । उनका अनुसार निर्मलका उमेरमा गाउँमा फर्तिलो अरु नभएको बताए । आफ्नो उमेरका बालबालिकामा निर्मल हरेक काममा अगाडी रहेको पाईजाको भनाई छ । निर्मलका अभिभावकहरुको समाजमा केही गर्नुपर्छ भन्ने स्वभाव भएकै कारण उनीमा पनि समाजसेवा गर्ने प्रेरणा सानै उमेरमा जागेको पाइन्छ। आफु गाँउमा आएको बेला विविध खेलकुद सामग्री ल्याएर स्थानीय ी रुप्से युवा क्लबलाई दिने र युवाहरुलाई कुलतबाट फस्न बाट बच्नुपर्छ भन्ने उपदेश तथा सुझाव प्रदान गर्ने गरेको स्थानीयको भनाई छ । गाउँलेले गाउँमा भब्य सम्मान सहितको योजना समेत बनाएका छन् ।
निर्मल जन्मिएको घर अहिले जिर्ण अवस्थामा छ ।