बंगलादेशमा हुने एशियाली भलिबलमा दुई म्याग्देली खेलाडी

शुक्रबारदेखि बंगलादेशमा सुरु हुने प्रथम एभीसि एसियन सेन्ट्रल जाने महिला भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल संघले मंगलबा अरुणा शाहीको कप्तानीमा १२ सदस्य नेपाली टोलीको घोषणा गरेको हो । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेकी हुन् । टोलीमा जिल्लाकै मालिका गाउँपालिका–३ रुमकी कमला पुनले छनौट भएकी छन्।

म्याग्दी जिल्लाकी शाहीको नेतृत्वमा दुईजना खेलाडीले अन्तराष्ट्रियस्तरको खेल खेल्न पाउने एउटा महत्वपूर्ण अवसर मिलेको छ ।  थाइल्यान्डमा १९ दिनको प्रशिक्षण र ७ अभ्यास खेलपछि सोमबार स्वदेश फर्किएको १८ सदस्य टोलीबाट संघले १२ सदस्य राष्ट्रिय महिला भलिबल टोली छनोट गरेको थियो । टोलीमा अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठले स्थान बनाएका छन् । थाइल्याण्डको प्रशिक्षणमा समेत अरुणाको उत्कृष्ट कप्तानीसँगै पुनको उत्कृष्ट खेलबाट प्रशिक्षक समेत उत्साहित छन् ।

२०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी अरुणाले त्यसयता नियमित सदस्य छिन् ।उनले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी छन् । २०६४ साल देखी विद्यालय उमेरबाटै भलिबल खेलमा प्रवेश गरेकी शाहीले क्षेत्रीयस्तरको खेलमा सहभागि हुदै राष्ट्रिय टोलीमा प्रवेशसँगै भलिबलमा निरन्तर चर्चामा छिन् ।

बिरेन्द्र शिल्ड खेलमा पोखरामा आयोजित क्षेत्रीय खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेपछि शाहीलाई त्यहाँका भलिबल प्रशिक्षकले आफ्नो नजरमा पारेपछि उनले निरन्तर खेल्ने अवसर पाईन्। त्यस्तै राष्ट्रिय टोलीमा मालिका गाउँपालिका वडा नं ३ रुमकी कमला पुन समेत ब्यस्त छिन् ।  नेपाल प्रहरीको महिला भलिबल टोलीमा लिफ्टर समेत रहेकी पुनले अभ्यास खेलबाट अझै सहज भएको बताईन् ।म्याग्दीका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले म्याग्दीले महिला भलिबलमा राम्रो अवसर पाएको बताए ।

उनले भलिबलको क्षेत्रमा यो अवसरलाई जिल्लामा सदुपयोग गर्नुपर्ने बताए । थाइल्याण्डको प्रशिक्षणमा उत्कृष्ट मानिएका खेलाडीलाई बंगलादेशमा अवसर दिइएको छ । टोली बिहीबार बंगलादेश प्रस्थान गर्नेछ ।अर्को महिना स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टोलीमा फेरबदल हुन सक्ने संघले जनाएको छ । सागमा १४ खेलाडी सम्म टोलीमा राख्न पाउने प्रावधान रहेको बताइएको छ ।