पुर्व युवराजा पारस शाह सुटुक्क म्याग्दी आइपुगेका छन् । केहीदिन अगाडी पोखरामा देखिएका पारस सोमबार सडकमार्ग हुदै बेनीमा प्रवेश गरेका थिए । बेनी हुदै मुस्ताङ जाने योजनामा रहेका शाह बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानीको अवलोकन गरी बेनीस्थीत होटल यतिमा बसेका थिए । बेनीमा पूर्व यूवराज शाह आएको भन्दै यूवाहरु होटलमा हेर्न र फोटो खिचाउन पुगेका थिए ।

लामो कपाल, लेदरको पाइन्ट, ज्याक डेनियल्स प्रिन्ट भएको कालो टिसर्टमा देखिएका शाहले एकरात बेनीमा बसेर विहान मुस्ताङतर्फ लागेका छन् । पछिल्लो समय परिवारभन्दा साथीहरुसँग धेरै देखिने पारसले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीस्थित होटल हटस्प्रिंग इनमा विहानको खाना खाएर मुस्ताङतर्फ प्रस्थान गरेको होटलका सञ्चालक अमृतमान शेरचनले बताए ।

‘हिजो राती नै बस्ने रुम बुकिङ गर्नुभएको थियो,‘सिंगा तातोपानीतर्फ गएकाले बेनीमै बस्नुप¥र्यो’ शेरचनले भने । उनका अनुसार विहानको खाना खाएर टोली मुस्ताङतर्फ प्रस्थान गरेका छन् । उनले मुड फ्रेसका लागि मुस्ताङतर्फ लागेको बताएका थिए । साथीभाई र नातागोतासहित आएका शाह सडकमार्ग हुदै फर्किने बताइएको छ ।

विज्ञापन