भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो । लमजुङ दोर्दी गाउँपालिका–६ छोटेखोलामा गुरुङ भिरबाट लडेर घाइते भएका थिए ।

उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर करीब ८० मिटर तल खसेको प्रहरी निरीक्षक धनबहादुर थापाले बताउनुभयो । मृतक गुरुङलगायत १० जना भिरमौरी काट्न गएका थिए ।

विज्ञापन