गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचनले पदबहाली गरेका छन् । बुधबार बिहानै पदबहाली गर्ने कार्यक्रम रहे पनि जहाज अवतरणमा ढिलाई हुँदा कार्यक्रम साढे तीन घन्टा ढिला भएको थियो । बिहान १०ः४५ मा बुद्ध एअरबाट आउने भनिए पनि जहाज १ बजेपछि मात्र पोखरा विमानस्थलमा अवतरण गरेक थियो ।

त्यसलगत्तै शेरचन सिधै कार्यालय पुगेर पदबहाली गरे । पदबहालीसँगै सेरचनले देशमा देखापरेको संकट निवारणमा समझदारी र सहमतिमार्फत भूमिका खेल्ने बताए । उनले भने, “राष्ट्रको जो समस्या छ, नेपालीहरुका गरिबी, बेरोजगारी, देशको मूल समस्या त हुँदै हो । साथसाथै विभिन्न प्रकारले राष्ट्रिय संकटहरु देखा पर्न थालेको महसुस गरेको छु ।

त्यसैले सम्पूर्ण नेपाली जनताको, राजनीतिक दलहरुको, तत्कालीन आन्दोलमा सहभागी सबै सहयात्रीहरुको समझदारी र सहमतिमा मुलुकको राष्ट्रिता, सार्वभौमिकतालाई जोगाउन सक्छौँ, हामी त्यो दिशातर्फ जानुपर्छ । र, त्यही उद्धेश्यलाई कम्तीमा पनि केही न केही सहयोग पुर्याउन सक्छु कि भन्ने लागेको छ, सोहीकारण मैले पद स्विकार गरेको हुँ ।” उनलाई विमानस्थलमा प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारीसहित मन्त्री, सांसद तथा नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । Source: baahrakhari.com