विवाहित महिलाहरूले आफू विवाहित भएको पहिचान गराउनका लागि सिन्दूरको प्रयोग गर्ने गर्छन् । सिन्दूरलाई विवाहिता महिलाहरूको मुख्य श्रृंगारको रूपमा लिने गरिन्छ । तर, त्यस्ता सिन्दूर स्वास्थ्यका हिसावले भने हानिकारक हुने पाइएको छ । एक अध्ययन अनुसार सिन्दूरमा लिड अर्थात् सीसाको अधिक प्रयोग हुने गरेको पत्ता लगाइएको छ । लिड मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । लिडको स्तर र मात्राले स्वास्थ्य लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले पत्ता लगाएको छ ।

न्यूजर्सीस्थित ‘रच्गर स्कुल अफ पव्लिक हेल्थ’ पिस्काटावेका शोधकर्ताहरूले गरेको नमुना परीक्षणमा कूल १ सय १८ वटा सिन्दूरको नमुना परीक्षण गरिएको थियो । जसबाट सिन्दूरको रंगलाई गाढा बनाउनका लागि टेट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ । संकलित गरिएको सिन्दूरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको र अमेरिकन फूड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्डभन्दा अधिक मात्रामा सीसाको प्रयोग भएको पाइएको थियो ।

सिँउदोमा प्रयोग गर्ने सिन्दूर हावाको माध्यमबाट फोक्सोमा तथा खानाको माध्यमबाट पेटमा पुग्न सक्ने हुँदा सीसाको सोझो असर शरीरमा पर्ने हुन्छ र मानिसको मृत्युसमेत हुन सक्छ । रङ, धुलो आदिमा सीसाको प्रयोगले स्वास्थ्यलाई खराब गर्नुका साथै मानसिक स्थितिमा समेत ह्रास ल्याउने उक्त अध्ययनले बताएको छ ।सिन्दूरको प्रयोगले नवजात शिशुहरू सबैभन्दा धेरै जोखिममा पर्ने हुन्छ । आमाको सिन्दूरले ६ वर्षभन्दा कम उमेरका बच्चाका लागि स्वास्थ्यमा एकदमै प्रतिकूल असर पर्छ। Source: agency

Leave a Reply