जनगायक जीवन शर्माको छोराको उपचारका लागि म्याग्दीका तीन यूवा ब्यवसायीले आर्थिक सहयोग गरेका छन् । जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न १५ हजार सहयोग गरिएको छ ।

बेनीबजारको न्यूरोडस्थित सृजना मःम रेष्टुरेष्टका सञ्चालक गोपाल पौडेल, भिम एण्ड ब्रर्दशका सञ्चालक तारानाथ रेग्मी र नमस्ते फोटो स्टुडियोका सञ्चालक कृष्णराज पौडेलले प्रतिब्यक्ति ५ हजार सहयोग गरेका हुन् । ‘कलाकार शर्माको परिवारमाथि आइपरेको विपतमा साथ दिन सहयोग गरेका छौ,‘थोरै भएपनि उपचारमा राहत हुने अपेक्षा गर्दछौ’ सहयोगदाता कृष्णराजले भने ।

जनताको मुक्तिका लागि गीत गाउने, इमान्दारिता तथा धनको लोभमा नफस्ने कलाकार समेत रहेका शर्मालाई यसअगाडी रिजाल फोटो स्टुडियोका भोजबहादुर रिजालले आफ्नो जन्मदिनमा र ओमकुमारी शान्ति कोषका सदस्यहरूले समेत सहयोग गरेका थिए । दसैंमा शर्माका छोरा अमृतको मासु खाने क्रममा हड्डी अड्केर अन्ननलीमा जटिल समस्या देखिएको हो। अमृतको उपचारमा ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ।

Leave a Reply