पुर्व राष्ट्रिय भलिबल खेलाडीलाई दोबा गाउँमै पुगेर सम्मान

कुनै समय म्याग्दीका खेलहरूमा निकै लोकप्रिय भलिबल खेलाडीको सूचीमा पर्ने गोविन चोचाङ्गी अहिले गुमनाम छन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका गोविनको खोलभन्दा वित्तिकै गाउँमा हुने मेलापर्वका खेलदेखि जिल्लास्तरीय प्रतियोगितामा समेत खेल हेर्नेको भीड लाग्थ्यो ।

मिजासिलो स्वभावर दरिलो आत्मविश्वासका कारण भक्तपुरमा आयोजित सार्क राष्ट्रस्तरीय खेल अन्तरगत बंगलादेशसँगको खेलमा समेत सहभागी भएर उत्कृष्ट खेल प्रर्दशन गरेका गोविन रुखबाट लडेर गम्भीर घाईतेभएसँगै खेल जीवनबाट टाढा भए । कलिलै उमेरमा खेल जीवनबाट बाहिरिनुको पीडाले गोविनसँग लामो समयसम्म दुख्यो । घाँस काट्ने क्रममा लडेर खेल जीवनबाट गुमनाम भएका गोविनलाई शुक्रबार जिल्ला भलिबल संघले गाउँमै पुगेर सम्मान गरेको छ ।

दुर्घटनामा परेपछि लामो समय उपचारमै विताएका गोविनसँगै उनका दाई खगिन चोचाङ्गीलाई संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ, गण्डकी प्रदेश भलिबल संघ सदस्य मुना केसी, जिल्ला भलिबल संघ उपाध्यक्ष खड्ग केसीले नगद ५० हजार, दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै भलिबल संघका अध्यक्ष श्रेष्ठले जिल्लाभित्र रहेका पुराना र समस्यामा परेका खेलाडीलाई भेटघाटसँगै सम्मान गर्ने बताए ।

सोही अवसरमा गण्डकी प्रदेश भलिबल संघ सदस्य  केसीले एकैपरिवारबाट जन्मिएका दुई खेलाडीले तत्कालिन समयमा म्याग्दीको भलिबल खेलमा ठूलो योगदान पु¥याएको बताए । जिल्लास्तरीय खेलमा सहभागी भएपछि उनको खेललाई थप माथी पु¥याउन आफुँले जिल्लाबाट क्षेत्रीय हुदै राष्ट्रियस्तरसम्मको खेलमा सहभागीको अवसर मिलाएको बताए। भलिबल टेनिङ सेन्टरबाट समेत गोविन र उनका भाई खगिनले धेरै खेल खेलेका थिए ।

सम्मान कार्यक्रममा दुर्घटनापछि आराम गरेपछि पुनः खेलमा फर्किने सम्भावना रहेको समेत बताएका थिए । कार्यक्रममा वडा अध्यक्ष दिलीपकुमार गर्बुजा, वडा सदस्य दिलकुमारी गर्बुजा, मनिबराह यूवा क्लवका अध्यक्ष खगेन्द्र गर्बुजाले मन्तब्य राखेका थिए । तत्कालिन समयमा जिल्लास्तरीय वीरेन्द्र सिल्डले भलिबलका प्रतिभालाई उजागर गदैं राष्ट्रियस्तरसम्म पुग्ने अवसर दिएको बताएका थिए ।