मोना कतारले कार्की र पौडेललाई सम्मान

मोना आइसीको तेस्रो विश्व सम्मेलनबाट विभिन्न पदमा निर्वाचितलाई मोना कतारले सम्मान गरेको छ । मोना कतारको स्थापनाकालदेखि विभिन्न पदमा रहेकालाई शुक्रबार नवौं मासिक बैठकको अवसरमा सम्मान गरिएको हो । मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा मोना कतारका संरक्षक विक्रम कार्कीलाई मोना आइसीको महासचिव र प्रमुख सल्लाहकार रमेश पौडेललाई सचिव पदमा चयन भएको अवसरमा सम्मान गरिएको हो ।

सोही अवसरमा बोल्दै मोना आइसीका महासचिव, सचिवद्धय कार्की र पौडेलले खाडीमुलुकमा रहेका म्याग्देलीको समस्यालाई प्राथमिकता दिने बताए ।

सोही अवसरमा मोना आइसीमार्फत हुने हरेक रचनात्मक कार्यमा मोना कतारले समेत आफ्नो सहभागीतालाई बलियो बनाउने बताइएको थियो ।

कार्यक्रमको अवसरमा सल्लाहकार गम शेञ्चुरीले मन्तब्य राखेका थिए भने सचिव भुमिश्वर सापकोटाले सञ्चालन, प्रथम उपाध्यक्ष नरेन्द्र फागमीको स्वागतमा सम्पन्न भएको थियो । सन् २००३ मा स्थापना भएको म्याग्दी सेवा समाजको नाम रुपान्तरण गरी मोना कतार राखिएको थियो । मोना कतारले म्याग्दीमा विभिन्न रचनात्मक कायहरुमा सहयोगसँगै कतारमा रहेका म्याग्देलीको हितमा काम गर्ने गरेको छ ।