मोना यूएईले साउदी जेलमा रहेका निउेरलाई सहयोग जुटाउने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले साउदी अरवको जेलमा रहेका एक म्याग्देलीलाई घर फिर्ती अभियानमा आर्थिक संकलन सुरु गरेको छ । हत्याको आरोपमा ६ बर्षदेखि साउदी जेलमा रहेका जिल्लाको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्ती अभियानलाई आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि बरिष्ठ उपाध्यक्ष विक्रम अधिकारीको संयोजकत्वमा संस्थापक अध्यक्ष प्रदिप सुबेदी निर्वतमान प्रकाश कार्की र महिला उपाध्यक्ष बुद्धिमायाँ गौचन राम्जाली सदस्य रहेको समिति गठन गरेको संस्थाका सचिव काजिमान बुढाथोकी मगरले बताए ।

उनका अनुसरा निउरेको घरफिर्ती अभियानलाई समितिमार्फत तिब्रता दिइने छ ।  कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि जेलमा परेका थिए । मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै छन् ।

२०६८ साल जेठ २ गते साउदी अरबमा गएका थिए । सोही अवसरमा मोना आइसीको तेस्रो महाधिवेशनबाट प्रबक्तामा निर्वाचित ई. नन्द गर्बुजालाई बधाई तथा सम्मान समेत गरेको थियो । दशैंतिहारको कार्यक्रमको समिक्षा सहित आयोजित कार्यक्रमको समेत समिक्षा गरिएको थियो । संस्थाका अध्यक्ष रुद्ध रोकाको अध्यक्षता, महासचिव सुवास राम्जालीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष रोका र मोना आइसीका प्रबक्ता गर्बुजाले निउरेलाई घर फिर्ती अभियानलाई प्रभावकारी बनाउन अनुरोध गरेका थिए ।