अध्ययनका लागि तीन महिना अघि जापान गएका काँस्कीको हेम्जाका २६ वर्षिय चिरञ्जिवी गिरीको ट्रकले ठक्कर दिँदा ज्यान गएको छ । सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका कास्कीका २६ वर्षीय चिरञ्जिवी गिरीलाई ट्रकले ठक्कर दिँदा ज्यान गएको मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा बगालेले जानकारी दिनुभएको छ ।

उपाध्यक्ष थापाका अनुसार दुर्घटना लगत्तै गम्भीर घाइते गिरीलाई नजिकैको अस्पताल पु–याइएको थियो । गिरीलाई अस्पताल पु–याइए पनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेको जानकारी गराइएको थियो ।

ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।उपाध्यक्ष थापाले दिएको जानकारी अनुसार अहिले त्यहाँका प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । दुर्घटनाका कारण भएको मृत्युको केश भएकोले प्रक्रिया अलि लामो हुने र सोमबारसम्म घटनाको यथार्थ विवरण सार्वजनिक हुने बताइएको छ । मृतक गिरी गत जुलाईमा स्टुडेन्ट भिजामा जापान गएका बताइएको छ ।

विज्ञापन