अन्नपूर्ण गाउँपालिकामा राम पूर्जाको अध्यक्षतामा एघार सदस्यिय विश्वहिन्दू महासङ्घ अन्नपूर्ण गाउँपालिका समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कृष्णबहादुर गर्वुजा, सचिवमा कृष्णप्रसाद बरुवाल, कोषाध्यक्षमा देवी तिलिजा र सदस्यहरुमा मनकुमारी पूर्जा, धनबहादुर पाइजा, ओमनारायण तिलिजा, राम गुरुङ, चित्रबहादुर तिलिजा, पातली बरुवाल र रेखा पुन चयन भएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा समिति गठन गरेसँगै म्याग्दी जिल्लाभित्र महासङ्घका १७ उप–समिति भएका छन् भने म्याग्दीलाई विश्वहिन्दू महासङ्घका धेरै उप–समिति भएको जिल्ला भनेर समेत चिन्न थालिएको विश्व हिन्दू महासङ्घ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्यले बताउनु भयो । साथै उँहाले विश्व हिन्दू महासंघ विशुद्ध हिन्दूधर्ममा आस्था राख्नेहरुको समूह भएका कारण कुनै राजनैतिक पार्टी नभएको समेत आचार्यले जानकारी दिनुभयो ।

‘धर्म परिवर्तन गरे शरिरमा लागेको जुनसुकै विमार समेत निको हुन्छ भन्दै स्वास्थ्य तथा आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गराउँदै हिँड्नेहरुबाट सतर्क रहन प्रमुख अतिथि कृष्णप्रसाद बरुवालले बताउनुभयो ।’ गठित गाउँपालिका कार्य समितिले भाइचाराको सम्वन्ध कायम राख्दै हिन्दू धर्मको विरुद्धमा बढ्दै गएका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने गिरोहहरुको खोजि गरि सम्वन्धित निकायमा बुझाउने जस्ता कामहरु गर्ने छ ।

विश्व हिन्दू महासङ्घका आजिवन सदस्य पं दण्डपाणि उपाध्यायले ललाई फकाई धर्म परिवर्तन गराउने गिरोहहरु गाउँ तथा शहरभित्र दैनिक रुपमा बढ्दै गएको र उक्त गिरोहहरुको खोजि गरि तत्काल कारवाही गर्नुपर्ने धारणा राख्नुभयो । महासङ्घका उपाध्यक्ष दीर्घबहादुर बानियाँले हिन्दू धर्मावलम्विहरु अव एक हुनुको विकल्प नरहेको बताउनु भयो ।

विश्व हिन्दू महासङ्घ म्याग्दीका सदस्य वुद्धिप्रसाद ढुङ्गाना, वमबहादुर शेरपुञ्जा, विश्व हिन्दू महासङ्घ युवा समिति म्याग्दीका अध्यक्ष विक्रम श्रेष्ठ, विश्व हिन्दू महासङ्घ बेनपा–८ का अध्यक्ष राचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष कृष्णप्रसाद आचार्य ज्यूको अध्यक्षता, अन्नपूर्ण गाउँपालिका–६ का वाड अध्यक्ष कृष्णबहादुर बरुवालको प्रमुख आतिथ्यता, विश्व हिन्दू महासङ्घ म्याग्दीका उपाध्याक्ष दीर्घबहादुर बानियाँको स्वागत, र सचिव लोकनाथ भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply