मंगला गाउँपालिका–२ बावियाचौरमा अवस्थित मंगला माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी एक यूवाले निःशुल्क स्यानिटरी प्याड सहयोग गरेका छन् । मंगला गापा–१ कुहुँ पूर्णगाउँ घरभई भएका गण्डकी प्रदेशमा स्यानिटरी प्याड विक्रेता सुवर्ण रिजालले विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयलाई १ सय ५० थान स्यानिटरी प्याड ब्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक गमबहादुर खत्रीले कोशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालयमा आउन प्रोत्साहित गर्नका लागि सहज भएको बताए।  उनले प्रयाप्त जानकारी हुदाँ समेत स्यानिटरी प्याडको सहज ब्यवस्थापन नहुदाँ रजस्वला हुँदा अझैपनि विद्यालय नआउने र आएपपनि बीचमै कक्षा छोडेर घर जाने समस्या रहेको बताए। स्यानिटरी प्याडको उपलब्धताले किशोरीहरुलाई ढुंक्कसँग विदालयमा आउने वातावरण बनाउन विद्यालयले थप योजना बनाएको बताइएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्यानिटरी प्याडका विक्रेता समेत रहेका रिजालले भविस्यमा पनि विद्यालयसँग सहकार्य गर्ने बताए । स्यानिटरी प्याड विद्यालयमै सहज उपलब्ध भएमा महिनावारी भएको समयमा हुने विभिन्न समस्या वा कुनै पनि लाजका कारण छात्राहरुको पढाइमा कुनै असर नपर्ने भएकाले पनि सहयोगले सहज भएको बताइएको थियो । पछिल्लो समयमा जिल्लामा कतिपय विद्यालयहरुले छात्राहरुलाई निशुल्क स्यानेटरी प्याड उपल्ब्ध गराइरहेका छन्। केशब कँडेल

Leave a Reply