भारतद्धारा अतिक्रमित भूमि फिर्ता माग्दा काठमाण्डौमा सरकारी पक्षबाट दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । आफ्नो देशको माटोको रक्षाका लागि दवाव दिदाँ प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा चलाउन खोजेको भन्दै नेविसंघ म्याग्दीले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत प्रधानमन्त्रीाके कार्यालयमा ज्ञापनपत्र पठाउँदै शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिए शसक्त आन्दोलनको चेतावनी दिइएको छ ।

ज्ञापनपत्र बुझाउँदै नेपाली कांंग्रेस म्याग्दीका सहसचिव एवम् नेबिसंघ नेता भरतबहादुर रकालले प्रतिपक्ष सर्मथिन विद्यार्थीको आन्दोलनमा प्रहरीले ज्यादती गरेको आरोप लगाए । उनले आफ्नो देशको रक्षका लागि सत्ता सर्मथित विद्यार्थीको आन्दोलनमा सहकार्य समेत गर्न तयार रहेको बताउँदै अनावश्यक दवाव भएमा कडा आन्दोनलको चेतावनी दिए । ज्ञापन पत्रको बाचन नेविसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाई सभापति सुजना खत्री, नेविसंघ म्याग्दीका कार्यवाहक अध्यक्ष निर्मल खत्री, तरुण दल म्याग्दीका प्रतिनिधि सहितको उपस्थिती रहेको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ ढकालले शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गरे । उनले आन्दोलनका कार्यक्रमहरुका बारेमा जानकारी दिएमा सुरक्षा दिने बताए । भारतले केहि दिनअघि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो बनाई नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको एक मुठ्ठी माटो पनि कसैले लगेमा मान्य नहुने भन्दै नेपालका राजनीतिक दल आन्दोलित भएका छन् ।