काभ्रेका आइते मगर (परिवर्तित नाम) केही महिनायता सधैंजसो मदिराको नशामा भेटिन्थे । खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे । कहिले गलैंचा कारखाना त कहिले गाडीमा खलासी बस्थे ।
गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए । ‘मलाई चिनेको एउटा मानिसलाई मिर्गौला चाहिएको छ,’ राजुले मगर (अदालतमा पेस भएको मिसिलमा उनको सांकेतिक नाम बबरमहल २ भनिएको छ) लाई प्रस्ताव गरे, ‘धेरै मानिसको एउटा मात्र मिर्गौला हुने रहेछ । तिम्रो जाँच गरौं । दुइटा भए एउटा दिँदा फरक पर्दैन । तिमीले तीन लाख रुपैयाँ पाउँछौ ।’
जिल्ला अदालतमा दर्ता भएको मिसिलअनुसार लामा र शिशिरले गाउँबाट भान्जाको नाता प्रमाणितको सिफारिसपत्र लिएर आए । अस्पताल आइसकेपछि भने उनै मगरलाई भान्जा बनाएर उभ्याए ।लामाले बयानमा विवरण तोडमोड गरेका छन् । अस्पताल पुर्याइएका भान्जा डराएर मिर्गौला प्रत्यारोपणका लागि तयार नभएपछि मगरलाई ल्याउनुपरेको उनको भनाइ छ । कान्तिपुरमा खबर छ ।