भारतद्धारा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो बनाई नयाँ नक्सा सार्वजनिक गरेको विषयमा नेपाली आन्दोलित भइरहेको अवस्थामा अमेरिकाबाट एक बाल गायकले देशभक्ति गीत मेरो देश सार्वजनिक गरेका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थान बलेवा घरभई हाल अमेरिकाकोक्यालिफाेर्निया स्थित सान फ्रान्सिस्काेमा रहेका बाल कलाकार ओस्कार शर्माको आवाजमा ‘मेरो देश’ नामक गीत यूटुवमार्फत सार्वजनिक गरेका हुन्।

सुरिलो स्वरका धनी शर्माले शकुन्तला पौडेलको शब्द र आलोक शर्माको संगीत ,छायाँकन तथा निर्देशनमा गीत तथा म्यूजिक भिडियोमा नेपालको प्राकृतिक तथा सास्कृतिक महत्व झल्काउने गरी भिडियो तयार पारिएको छ । १२ बर्षको उमरमै अमेरिकामा आयोजित अन्तर विद्यालय गायन प्रतियोगिता, युवा प्रतिभा, इन्डियन अटलान्टा जुनियरको आवाजमा प्रथम, १३ औ नासा÷एएनएमए प्रतियोगितामा प्रथम, युएनए सानो प्रतिभा–२०१९ राज्य विजेता, सबै उमेर समुहको सरगम प्लस एकल गायनमा प्रथम र अटलान्टा जुनियरको आवाजमा दोस्रो भएका शर्माको पहिलो गीत नै लोकप्रिय हुन थालेको छ।

प्रदेशको तुलनामा नेपाल रमाइलो भएको जस्ता भावहरु गीतमा ब्यक्त गरिएको गीतले आफ्नो देशका मायाँलाई प्रष्ट पारेको बाल गायक शर्माको भनाई छ । ‘आमाले गीत रचना गर्नुहुन्छ, बुबाले सधै साथ दिनुहुन्छ’ ओस्कारले भने । उनले आमाबुबाको इच्छाले समेत संगीतमा धेरै राम्रो काम गर्ने प्रयासमा रहेको बताउँदै अभिभावकको प्रेरणा र हौसलाले सहज भएको बताए । अमेरिकामा दर्जनौ कार्यक्रममा सहभागि भएर गीत गाएका ओस्कारले भविस्यमा पनि राष्ट्रियता संग सम्बन्धित गितहरु पस्कने बताउँछन् ।

Leave a Reply