म्याग्दीकी अरुणा शाहीको कप्तानीमा रहेको राष्ट्रिय महिला भलिबलले एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा समेत सानदार विजय प्राप्त गदैं शीर्ष स्थानमा पुगेको छ ।  मंगलबार सम्पन्न खेलमा नेपालले बंगलदेशलाई ३–० कै सोझो सेटमा पाखा लगाएको छ । नेपालले बंगलादेशलाई पहिलो सेटमा २५–७, दोस्रो सेट २५–६, र तेस्रो सेटमा २५–६ ले पराजित गरेको हो ।

प्रतियोगितामा नेपालले लगातार दवावमा राख्दै बंगलादेशलाई दुईअंकको नम्बर समेत पुर्याउनै दिएन् । तीनवटै सेटमा नेपालले प्रतियोगिताकै सानदार खेल प्रर्दशन गरेको छ । खेलमा नेपालकी सुनिता खड्का वुमन अफ दि म्याच घोषित भइन् । नेपाल यो जितसँगै ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाललाई पछ्याउने क्रममा माल्दिभ्सको समान ३ खेलबाट ८ अंक रहेको छ ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान गरी पाँच टिम सहभागी छन् ।राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालको तर्फबाट म्याग्दी रघुगंगा गाउँपालिका ३ पिप्लेकी अरुणाको नेतृत्वमा रहेको टोलीमा मालिका गाउँपालिका ३ रुमकी कमला पुन समेत छिन् । अरुणाको उत्कृष्ट नेतृत्वका कारण प्रतियोगितामा नेपालले आशालाग्दो खेल प्रर्दशन गरिरहेको छ ।

विज्ञापन