भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा राखेको विरोधमा नेपाल विद्यार्थी संघ र तरुण दल म्याग्दीको संयुक्त आयोजनामा राँके जुलुस निकालेका छन्। भारतद्धारा अतिक्रमित भूमि फिर्ता माग्दा काठमाण्डौमा सरकारी पक्षबाट दमन गरिएको भन्दै साँझ राँके जुलुस निकालेका थिए।

सिमा मिचिएको बिरोधमा बेनीबजारका विभिन्न स्थानबाट योजनबद्ध तरिकाले विद्यार्थीले जुलुस निकालेर संगमचोकमा पुगेर विरोधसभा गरी समापन गरेका थिए । नेविसंघ म्याग्दीका कार्यवाहक अध्यक्ष निर्मल खत्रीको नेतृत्वमा निकालिएको मशाल जुलुसमा अतिक्रमित भुमी फिर्ताको माग गरिएको छ । विद्यार्थीहरुले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

कोणसभामा नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत रकालले सम्बोधन गरेका थिए । आन्दोलनका विभिन्न स्वरुप अन्तरगत चरणबद्ध आन्दोनलका कार्यक्रमहरु रहेको नेविसंघ म्याग्दीका कार्यवाहक अध्यक्ष खत्रीले बताए ।उनले शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेर नौटकी गरेको बताउँदै आफ्नो देशको माटोको रक्षाका लागि दवाव दिदाँ प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा चलाउन खोजिएकाले आन्दोलनलाई निरन्तरता दिने बताए । राँके जुलुसलाई प्रहरीले संगमचोकमा हस्तक्षेप गरेको थियो ।

विज्ञापन