अमेरिका लैजान्छु भनेर भियतनाम, इथियोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै अफ्रिकाको मलावीमा लगेर बन्धक बनेका पर्वतका चार जनालाई मलावी प्रहरीले उद्दार गरेको छ । नेपालको मानव बेचबिखन अनुसन्धान ब्युरो ९एचटीबी० को समन्वयमा मलावी प्रहरीले चलाएको अपरेशनका क्रममा पर्वतका ४ जना सहित दाङ र रुकुमका १र१ जना गरी ६ जनालाई उद्दार गरिएको हो ।

मानव तस्करको गिरोहले अजरबैजाने लाने क्रममा नेपालबाट भियतनाम लगेर त्यहाँ २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा एक महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेर मलावीसम्म पुर्‍याएर बन्धक बनाएको खुलेको नेपाल प्रहरीको मानव बेचबिन अनुसन्धान ब्युरोले जनाएको छ ।

नेपाली युबालाई अमेरिका लैजाने एक जना मानव तस्कारलाई समेत मालबी प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा भारतीय मुलका मलावे नागरिक नाजिर अहमद छन् । उनलाई मलावीको अपराध अनुसन्धान विभाग ९सीआईडी० को टोलीले पक्राउ गरेको हो ।

अहमदलाई पक्राउ गरेर त्यहाँ अहिले अनुसन्धान भइरहेको छ भने ६ जना नेपाली नागरिकको उद्दार गरिएको थियो ।
ब्युरोका एसपी गोविन्द थपलियाले नेपालीलाई बन्धक बनाइएको सूचना प्राप्त भएलगत्तै त्यहाँको प्रहरीसँग समन्वय गरिएको बताए । उनका अनुसार उद्दार गरिएकामध्ये ४ जनालाई सोमबार स्वदेश फर्काएको छ भने थप दुई जना आउने क्रममा रहेका छन् ।यसरी मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहको मालवी प्रहरी र ब्युरोबाट अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply