मालिका गाउँपालिका वडा नं २ बिलबाङकी इन्द्रा बुढा । राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रधानध्यापक समेत भएकाले बुढाले हताहतारमा घरबाट विद्यालयतर्फ जाँदै गर्दा पीङजरा भन्ने ठाउँमा अकल्पनीय घटनाको सामना गर्नुप¥यो । स्थानीय २७ बर्षका रमेश पुनले एक्कासी खुकुरी लिएर उफ्रिरहेको अवस्थामा जम्काभेट भएपछि बुढा अलमलमा परिन् । एक्कासी खुकुरीले प्रहार गर्दा बुढाले हातले रोक्ने प्रयास गरिन् । हातमा गम्भीर चोट लागेपछि अन्धाधुन्दा प्रहार गर्दा बुढाको टाउकोमा समेत गम्भीर चोट लागेको छ ।

हात र टाउकोमा चोट लागेपछि अचेत अवस्थामा भेटिएकी बुढालाई प्रभु हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । उनका अनुसार समान्य विवाद भएपनि ज्यान नै लिने गरी प्रहार गरेका पुनको खोजीकार्यमा स्थानीयले समेत साथ दिएका छन् । आसपासका क्षेत्रमा प्रहरी सहित स्थानीयबासी समेत परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट टोली घटनास्थलमा पुगेको छ ।

रुमबासीले समेत फरार पुनको खोजीकार्यसँगै छिमेकी जिल्ला बागलुङ लगाएत विभिन्न स्थानमा स्थानीयको सहयोगमा ब्यापक खोजी सुरु गरेका छन् । फरार पुन परिचित भएकाले पनि खोजीकार्यमा सहज हुने प्रहरीको भनाई छ । पछिल्ला केहीमहिना यता रुममा अपराधिक घटना घट्न थालेका छन् । लघुवित्तका कर्मचारीलाई समेत मार्ने योजना अन्तरगत ढुंगा प्राहार गरी नगद लुटपाट गरिएको थियो। उक्त घटनामा संलग्न समेत फरार छन् ।