जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिक र बेद विद्यालयका विद्यार्थीलाई एक दम्पत्तीले भोजन र लत्ताकपडा सहयोग गरेका छन् । बागलुङ जिल्लाको सदरमुकाम समिक्षालयरोड निवासी सरोज कुमार श्रेष्ठ र उनको परिवारले सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा बृद्धबृद्धा र शालग्राम गण्डकी वेद बिधालयमा अध्यन गर्ने बिद्यार्थीहरुलाई भोजन र पछ्यौरा र गल्बन्दी वितरण गरेका थिए ।

सहयोगदातालाई गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले धन्यवाद दिएका थिए । करिव ४५ हजार बराबरको सहयोग गरिएको थियो । श्रेष्ठले घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर सहयोग गरेको बताए। कार्यक्रमम आश्रममा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

आश्रममा रहेका बृद्धबृद्धासंगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक संघसंस्थाबाट प्राप्त सहयोगले सहज भएको बताएका थिए । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिव ७५ बृद्धबृद्धाको बसोबास रहेको छ । घरपरिवारमा छोराछोरी भएका बृद्धबृद्धालाई समेत बोझ भन्दै आश्रममा छोडेर गएको बृद्धबृद्धाले गुनासो पोख्ने गरेका छन् ।