म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायोजन (क्युएए) प्रमाण पत्रका लागि यूनिभर्सिटी काउन्सिलले यूनिभर्सिटि ग्रान्ड कमिशनमा सिफारिस गरेको छ । अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्तीको सूचक पुरा गरेसँगै जिल्लाकै पुरानो क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्रका लागि क्याम्पस योग्य भएको भन्दै सिफारिस गरेको क्याम्पसक प्रमुख टिकाराम सापकोटाले बताए ।

‘सिफारिस गरेसँगै अव केहीदिनमा हामीले प्रमाणपत्र प्राप्त गर्ने छौ,‘यो सफलताले म्याग्दीको शैक्षिक क्षेत्रमा कोशेढुंगा सावित हुने छ’ सापकोटाले भने ।क्यूएए प्राप्तका लागि तयार गरिएका १ सय २० सूचकमा म्याग्दीले अधिकांस सूचक पुरा गरेपछि गत असोज १ गते देखि समकक्षी परिक्षण भ्रमण भएको थियो । क्यूएए प्राप्तीका लागि निवेदन पहिल्यै दिइएपनि ७४ साल चैत्र ६ गतेपछि तिब्र गतिमा काम सुरू गरिएको थियो ।

प्रा.डा. बासुदेव काफ्लेको नेतृत्वमा विज्ञ प्रा.डा. पंकज कुमार नटवारललाल गञ्जारा लगाएतको ५ सदस्यीय टोलीले गुणस्तर परिक्षण गरेपछि दिएको थप सुझावलाई समेत क्याम्पसले दु्रत गतिमा पुरा गरेको थियो । विभिन्न चरणका स्थलगत अनुगमन लगाएतका सूचनकका आधारमा प्रमाणपत्रका लागि सिफारिस गर्ने गरिन्छ ।

जिल्लाको पुरानो क्याम्पसको शैक्षिक गुणस्तरलाई माथि उकास्न, भौतिक पूर्वाधार सहित विभिन्न शैक्षिक गतिविधिका लागि अन्तराष्ट्रिय मान्यता प्राप्तको अन्तिम विन्दुमा रहेको सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले बताए । १२० सूचकलाई १ सय अकंमा मापन गरिएकोमा स्थलगत अनुगमनको क्रममा समेत म्याग्दीको सूचकबाट अनुगमनकर्ता समेत उत्साहित थिए ।

स्रोतका अनुसार स्थलगत अनुगमन सहित तयार गरिएको प्रतिवेदनलाई प्रमाणपत्र प्राप्तीका लागि मात्रै पठाउने प्रक्रियाको रुपमा लिने गरिन्छ । क्याम्पसको प्रमाणपत्रले विदेशमा समेत मान्यता प्राप्त हुने भएकाले भविस्यमा अन्य जिल्लाबाट समेत विद्यार्थीको चाप समेत ह्वात्तै बढ्ने छ । म्याग्दी हिमाली तथा दुर्गम जिल्लामा क्यूएए प्राप्त गर्ने पहिलो क्याम्पस भएको छ ।

करिव ४५ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत र बागलुङबाट समेत अध्ययन गर्न आउने गरेका छन् । प्लस टु, स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानविकी संकाय र ब्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन समेत भइरहेको छ । क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् । शिक्षाप्रेमीबाट करोडौं चन्दा संकलन गरी क्याम्पसको स्थापना गरिएको अवस्थामा प्रमाणपत्र प्राप्त गरेमा अनुदानका रुपमा समेत करोडौ प्राप्त हुने छ ।यसअगाडीको न्यूज सिफारिस हुनेमा अन्यथा भएकाले सच्चाइएको छ । स.