पर्वतबेनी घर बताउने तीन बालबालिका पोखरामा भेटिएका छन्। एक बालक र दुई बालिकालाई पोखराको सडकमा अलपत्र अवस्था भेटिएपनि आफ्नो परिचय र ठेगाना भन्न आनकानी गरेकाले आफन्तको खोजीमा समस्या भएको बताइएको छ । पोखराको सडकमा खान पकाउँदै गरेको अवस्थामा भेटेपछि गौरी शर्माले घरमा लगेर खाना दिएलगत्तै घरमा नजाने बताएको गौरी शर्माको भनाई छ ।

 

‘आमाले छोडेर गएपछि पोखरा आएको बताए,‘बुबालाई हत्या गरेको बताउँछन्’ शर्माले भनिन् । उनले पर्वत बेनी घर बताउने गरेको बताउँदै ट्रकमा पोखरा आएको बताएपछि विहान घरमै खाना खुवाएको बताईन् । उनका अनुसार तीनजना एकै परिवारको भएकाले बुबाको मृत्युपछि आमाले छोडेर गएपछि अलपत्र परेको बताईन् ।

बाटोमा भेटेलगत्तै शर्माले घरमा लगेर राखेपछि विन्धबासिनी मन्दिरमा गएर आउँछु भन्दै गएको बताईन् । उनले दुईवटा झोला मध्ये एउटा झोला संगै लिएर गएको बताईन् । तीनजना बालबालिका मन्दिर आसपासमा रहेकाले आफन्तलाई सम्पर्क गर्न शर्माले अनुरोध गरेकी छन् । बालबालिकालाई दुरुपयोग गर्न सक्ने भन्दै पोखरामा प्रहरीलाई समेत उद्धारमा सहयोग गर्न अपिल गरिएको छ ।