विश्व मधुमेह दिवसको अवसरमा बेनी अस्पतालमा आयोजनामा निःशुल्क मधुमेह परीक्षण एवम् परामर्श शिविर गरेको छ । बेनी अस्पतालको मुल आयोजना तथा म्याग्दीमा सञ्चालित लायन्स क्लवको संयोजनमा सञ्चालन गरिएको शिविरमा १ सय ८२ जनाको मधुमेह परिक्षण गरिएको छ ।

जसमध्ये करिव ३ जनामा मधुमेह रोग भेटिएको शिविरमा खटिएका अस्पतालका बरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट सञ्जोक तिमिल्सिनाले बताउनुभयो । मधुमेहलाई चिनी वा सुगर रोगको नामले समेत चिनिने भएपनि आफ्नो नियमित चेकजाँच नगर्ने गरिएकाले पनि रोग लुकाउन बाध्य भएको अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बताउनुभयो । सन्तुलित खानपानसँगैको विलासी जीवनका कारण मधुमेह रोगीको बढ्दै जान थालेपछि दिवसको अवसरमा चेकजाँच सहित सचेतनामुलक कार्यक्रम गरिएको थियो ।

बेनीमा सक्रिय रहेका लायन्स क्लवले शिविरमा आउने विरामीलाई सहज रुपमा चेकजाँचको ब्यवस्था मिलाएको लायन्सका जोन चियरपर्सन लोकेश पुनमगरले बताउनुभयो । विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरू ह्वात्तै बढ्ने गरेका छन् । अस्पतालले समय समयमा विभिन्न संघसंस्थासँग सहकार्य गरी शिविर सञ्चालन गर्ने अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।