नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको म्यादी जिल्ला संयोजकमा प्रविण शाही चयन भएका छन् । नेकपा एमाले र एकिकृत माओवादीको एकताले पूर्णता पाएसँगै म्याग्दीमा शाही संयोजक र सहसंयोजकमा सन्दीप खत्री(प्रविण)भएका छन् ।

रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेका शाही तत्कालिन युवा संघ नेपालको जिल्ला अध्यक्ष र बेनी नगरपालिका वडा नं ९ का खत्री तत्कालिन वाईसीएल म्याग्दीको जिल्ला सचिब हुन् । ७७ जिल्ला कमिटीमध्ये युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको थियो भने वाईसीएलले ३५ जिल्लाको अध्यक्ष पाएको थियो ।

विज्ञापन