गत असोज ४ गते राती म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुननिर्माणका लागि विद्यालयका पूर्व विद्यार्थी,अभिभावक र शुभेच्छुकहरुले साढे दुईलाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन्।

अचानक आएको वेमौसमी वाढीले विद्यालय लगाएत स्थानीय ७ घरलाई क्षति पुर्याएको थियो। बाढीका कारण करिब २ करोड बराबरको क्षति भएको थियो । बाढीले तहसनहस बनाएको विद्यालय छोंटो समयमा नै तिब्रताका साथ पुननिर्माण गरी नियमितरुपमा पठन पाठन संचालन गर्न सफल भएकोमा विद्यालयपरिवारलाई सहयोगदाता,अभिभावक लगाएत शुभेच्छुकहरुले धन्यवाद समेत दिएका विद्यालयका संचालक÷प्रवन्ध निर्देशक राजकुमार थापाले जानकारी दिए ।

विद्यालय संचालक समितिका सदस्य एवम् लेखाशाखा प्रमुख देवी थापा मगरका अनुसार विद्यालयमा पढेर अहिले देश विदेशमा स्थापित हुन सफल विद्यालयका पूर्व विद्यार्थी र उनीहरुका अभिभावकहरुबाट स्वच्छिकरुपमा सहयोग प्राप्त भएको छ ।

‘बाढीका कारण विद्यालयमा भएको भौतिक क्षति र त्यस लगत्तै भएका पुननिर्माण अनि यस्तो विषम अवस्थामा पनि नियमति पठनपाठन संचालन भएको देखेर र सुनेर शुभेच्छुकहरुबाट सहयोग प्राप्त भएको छ, थापा मगरले भन्नुभयो ‘धेरै अभिभावक, पूर्वविद्यार्थी र शुभेच्छुकहरुबाट सहयोगको प्रतिवद्धता पनि प्राप्त भएको छ ।

‘बाढीबाट तहसनहस भएको विद्यालय छोटो समयमा नै पुननिर्माण गरी अध्ययन÷अध्यापनकार्य सुचारु गर्नु भनेको निकै कठिन काम हो, अभिभावक एवम् सहयोगदाता लिलादेवी थापाले भन्नुभयो ‘हाम्रा नानीबाबुहरुको भविष्यलाई ख्याल गरेर रातदिन खटेर विद्यालय पुननिर्माण गरी पढाई संचालन गनुभएकोमा विद्यालय परिवारलाई धेरैधेरै धन्यवाद ।

त्यसैगरी अर्का अभिभावक टकमाया तिलिजाले कक्षा ७ मा अध्ययनरत आफ्नो छोराको जन्मदिनको अवसरमा विद्यालयलाई २१ हजार ५५ रुपैयाँ सहयोग गर्दै विद्यालय पुननिर्माणमा थोरै रकम भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो।विद्यालयको लेखाशाखाबाट प्राप्त जानकारी अनुसार रघुगंगा ५ झीँ स्थायी घर भै हाल हङकङमा बस्नुहुने अम्रिका पाइजा र खड्ग थजालीबाट क्रमशः १५ हजार र १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

त्यसैगरी रघुगंगा ६ पाखापानी घरभै हाल अष्टेलियामा रहनुभएका यंकु पाइजाबाट १ लाख, बेनी नगरपालिका ८ शिक्षामार्ग घर भै हाल हङकङमा रहनुभएकी धनकुमारी गर्वुजाबाट रु ५० हजार,बेनी नगरपालिका ३ भकिम्लीकी चमेली (जसमिन) थापा र विद्यालयकी पूर्व शिक्षिका कौशिला घर्तीबाट रु १०÷१० हजार,पर्वत बेनीका अभिभावक निलम मल्ल (राजन) बाट ५ हजार ५ सय,मंगलाघाटका अभिभावक लिलादेवी पुन,(गोपाल थापा) बाट रु ५ हजार ६ सय,हाल युएईमा रहेका विद्यालयका अभिभावक बेगप्रसाद पुन र रिङमाया पुनले आफ्ना छोरी विनिताको जन्मदिनको अवसरपारी रु ११ हजार १ सय ११ र बेनी नगरपालिका १ अर्जम घर भै हाल जापानमा रहनुभएकी एलिना हिजाले (खुसी थापा)बाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

त्यसैगरी विद्यालयमा अध्यापनरत शिक्षक÷शिक्षिका र कर्मचारीहरुले आफ्नो एक महिनाको तलबको २५ प्रतिशत रकम सहयोग गरेका लेखा प्रमुख थापाले जानकारी दिनुभएको छ ।

विज्ञापन