नेपाली महिला भलिबल टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक उपाधि जितेको नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो।

परिषद्का सदस्य सचिव रमेश सिलवालले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सेतोपाटीलाई जानकारी दिए। यसअघि बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।

अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो।  महिला भलिबलले अन्तर्राष्ट्रिय सहभागीता जनाउन थालेको २० वर्षपछि उपाधि जित्दा पुरुष टिम भने अहिलेसम्म उपाधिबिहिन छ।

विज्ञापन