पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ को खवाङमा एक दलितलाई कुटपिट गरी हत्या गरियो । घरमै बसेको अवस्थामा तीनजना यूवाहरुको समुहले मोतिप्रसाद दर्जीको कुटपिट गरी हत्या गरे । घटनाको भेलीपल्ट गम्भीर अवस्थामै पोखरामा उपचारको क्रममा मृत्यु भएपछि घटना सार्वजनिक भयो । घटना लगत्तै गरिएका गतिविधिले थप उपचार गर्ने पर्ने भएकाले बेनी अस्पतालमा घटना सार्वजनिक हुने डरले सिधै पोखरा लगेको देखिन्छ ।

सोही महिनै राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल दरबाङबाट शाखाकी सुस्मा क्षेत्रीलाई धारिलो हतियार प्रयोग गरी १ लाख ५६ हजार लुटियो । भदौ महिनाको १८ गते रुमको बेली गाउँबाट फर्किने क्रममा सुस्मा क्षेत्रीलाई हत्या गरी पैसा लुट्ने योजना बनाएका दुवैजनाको हुलियाको आधारमा प्रहरीले पहिचान गरेपनि अझै फेला पर्न सकेका छैनन् ।

मोवाईल जफत गदै पछाडीबाट ढुंगा र धारिलो हतियारले प्रहार गरी अचेत भएकी क्षेत्रीको साथमा रहेको नगद लुटेर फरार भएका उनीहरु अपराधिक मानसिकताको र पूर्वयोजना सहित क्षेत्रीमाथि आक्रमण गरेको देखिन्छ । हत्या र लुटपाटको घटना केहीदिनको अन्तरमा भएको थियो ।

गाउँमा लघुवित्तका कर्मचारीलाई कोठालाई थुन्ने, विप्लव समूहका कार्यकर्ता भन्दै कागजात र मोवाईल खोसेर लगेका थिए । राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई बाटोमा एक्लै यात्रा गरिरहेको अवस्थामा २७ बर्षिय रमेश पुनले अन्धाधुन्दा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाए । एउटै वडामा पछिल्लो तीनमहिनाको घटनाक्रमलाई हेर्दा रुममा प्रहरीको उपस्थिती आवश्यक रहेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । ‘घटनाक्रमले सुरक्षा उपस्थिती बलियो बनाउनुपर्ने देखिन्छ,‘समुदायको पनि साथ छ’ उनले भने ।

उनका अनुसार नियमित प्रहरीको उपस्थिती हुने गरी जिल्ला सुरक्षा बैठकमा समेत छलफल हुने बताए ।केहीदिन अस्थायी क्याम्प अन्तरगत १५ दिनका लागि संयुक्त प्रहरीको टोली रुममा पुगेको थियो ।साविकको रुम गाविसलाई हाल मालिका गाउँपालिका वडा नं ३ र ४ मा नम्बर बनाइएको अवस्थामा राज्यका सुरक्षा निकायको नियमित उपस्थिती आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिहरु नै बताउँछन्। विगत एकदशक यता लागुपदार्थको ओसारपोसारका घटना समेत भएका छन्।

गाउँबाट चरेस जिल्ला बाहिर लैजाने क्रममा महिला र पुरुष समेत पक्राउ परेकाले पनि अपराधिक मानसिकता भएकालाई निस्तेज बनाउन राज्यको सुरक्षा संयन्त्रले स्थानीयसँग सहकार्य गरी सुरक्षा मजबुद बलियो बनाउनुपर्ने जानकारहरु बताउँछन्। घना जंगल र छिमेकी जिल्ला बागलुङबाट समेत आवतजावत गर्न मिल्ने भएकाले पनि गाउँमा अपराधिक मानसिकता भएकालाई आवतजावत गर्न सकिने रुटहरु समेत भएकाले पनि घटना बढ्दै जान थालेको छ ।

विज्ञापन