नेपाल राष्ट्रिय मगर संघ, अन्नपूर्ण गाँउपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा मिनबहादुर वुदुजा निर्वाचित भएका छन्। शनिबार नारच्याङमा सम्पन्न भएको प्रथम अधिवेशनबाट उपाध्यक्षमा बिमल पुन, सचिव श्याम पूर्जा, सहसचिव रुप पाईजा, कोषाध्यक्ष विनिता तिलिजा रहेका छन् । त्यसैगरी सदस्यहरूमा रुप बहादुर पुन, गोपाल पूर्जा, धन बहादुर गर्बुजा,इन्द्र तिलिजा, यामकुमारी सोतन्जा, महिना तिलिजा, नारायण पाईजा, तुल बहादुर गर्बुजा, खगेन्द्र कुमारी फगामी, रिम बहादुर पूर्जा, बखन बहादुर पूर्जा र बविता पूर्जा रहेको सचिव श्याम पूर्जाले बताए ।

नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघ म्याग्दीले स्थानीय तहमा संगठन विस्तार अभियान अन्तरगत आयोजित प्रथम अधिवेशनको उद्घाटन गदैं नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा‘खम्बीर’ले मगर समुदायको हकहितमा राज्यका निकायमार्फत रचनात्मक सहयोग आवश्यकता रहेको बताए ।

उनले राजनीतिक रुपमा सिमित पहुँचमा पुगेपनि मगर समुदायको हितमा अहिलेसम्म खासै काम हुन नसकेको बताउँदै समुदायको हकअधिकारको खोजीमा मगर समुदाय एक ढिक्का हुनुपर्ने बताए । उनले म्याग्दी जिल्लामा मगर समुदायको पहिचान स्थापित हुने गरी ठूला योजना सहित अगाडी बढ्न अनुरोध गरे। सोही अवसरमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनलेजातीय पहिचानका अभियानमा आवश्यकता अनुसार सहयोग गर्ने बताए।

अधिवेशनको अवसरमा अन्नपूर्ण गापा उपाध्यक्ष केशमायाँ मगर, जलजला गाउँपालिका पर्वतकी उपाध्यक्ष सिमा गर्बुजा, रघुगंगा गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य केबी भण्डारी, ओम छन्त्याल,मनकुमारी बिक, राष्ट्रिय मगर संघ प्रदेश सदस्य बम पुन, जिल्ला समन्वय समितिका सदस्य मेख बहादुर गर्बुजा, समाजसेवी बेल बहादुर पूर्जा, महिला संघ म्याग्दीकी सभापति बिमला गौचन, मालिका गाउँपालिका वडा नं १ का वडा अध्यक्ष टंकप्रसाद पुन, नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी, शिखका वडा अध्यक्ष दिनेशकुमार पुन, हिस्तानका अध्यक्ष गमबहादुर फगामीको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष पुन, सञ्चालन मेखकुमारी पुनले गरेकी थिईन् । सोही अवसरमा १ सय ७ जनालाई नयाँ सदस्यता वितरण गरिएको थियो । तस्वीरहरु सुरेन गुरूङ