पश्चिम म्याग्दीको मंगला गाउँपालिको कोक्रवाङ,  सातविसे गाउँ आसपासका यी तस्विरहरूमा देखिएका जस्तै धेरै किसानहरू अहिले कुनै मेलापर्वमा रमाइरहेका छैनन्, गाउँघरमा खेलकुद सहित रमाईलो मेलाहरूले समेत यहाँ देखिएकालाई पटक्कै छोपेको छैन् । न त उनीहरूलाई राजनीतिक गफ गर्ने फर्सदै छ ।

भारतीयले देशको सिमाना मिचेको समाचारहरू राती सुत्ने बेलामा टेलिभिजन र रेडियोमा सुन्छन् । उपनिर्वाचन, राजनीतिक खिचातानीले पनि उनीहरुलाई छुस्स पनि छुदैन् । यसपटक बडा दशैंको दिनमै असिनापानीले धानका बालामा प्रहार गर्दा भने उनीहरुलाई चसक्क दुखेको छ ।

विहानै खेतबारीमा पुगेका किसानहरू मात्रै कृषि कर्ममा ब्यस्त छन् । खेतमा फलेको धान भित्राउँनै चटारो छ । असार महिनामा मानो छर्ने र मंसीर महिनामा मुरी भित्राउँदा गरिने कर्ममा रमाउँदै घान झाट्न, दाई हाल्ने,कुन्यु लगाउने र धान घरमा भित्राउन ब्यस्त छन् । मंसिरको तेस्रो साता म्याग्दीका धान खेती हुने खेतका खोच, फाँटिला मैदानमा सुरिलो भाकामा गीत गुन्जिन्छन् । जताततै किसानका ताँती देखिन्छन् । तस्वीरहरू बसन्त ढुंगाना

विज्ञापन